लमजुङमा तीन वर्षमा ४९ घरेलु उद्योग खारेज

लमजुङ। लमजुङमा तीन वर्षमा ४९ वटा घरेलु उद्योग खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले दर्ता गरेर सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्ने उद्योग खारेज गरेको हो ।

खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आर्थिक वर्ष ०७७/ ७८ मा ३२, ०७६र७७ मा ११ र ०७५ /७६ मा ६ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

कार्यालय प्रमुख तोपलाल भुसालका अनुसार तीन वर्षमा वाणिज्यतर्फ एक सय नौ वटा उद्योग खारेज भएका छन् । यस्तै बाणिज्यतर्फ आव ०७७ /७८ मा ६१, आव ०७६/७७ मा २५ र आव ०७५र७६ मा २३ उद्योग खारेज भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.