प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से स्रूचक १.१९ अंकले बढेको छ । यो वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ ।

बिहीबारको बिहानी सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको सात सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । 

कुल सातवटा कारोबार भएको छ । यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.