सर्वोच्चबाट चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

काठमाडौं । अदालतका चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका छन् ।  प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य दिएका थिए । सोही वक्तव्यले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।

अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले शुक्रबार अवहेलाना गरेको भन्दै दायर रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.