गिनिज बुकमा कुकुरको कानले रेकर्ड राख्यो

एजेन्सी । एक कुकुरको कान १२.३८ इन्च लामो पाइएको छ । उक्त कुकुरको कान गिनिज बुक अफ वर्र्ड रेकर्डमा दर्ता पनि भएको छ । ओरेगन महिलाको कुकुरको कान औषत कुकुरहरुको कान भन्दा धेरै लामो छ ।

गिनिज बुक वर्ल्ड रेकर्डका अधिकारीहरुले ३ वर्षको यो कुकुरको कानको लम्बाई जीवित अन्य कुकुरको तुलनामा लामो पाइएकाले यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राखिएको जनाएका छन् ।

कुकुरकी धनी पहिलेदेखि नै आफ्नो कुकुरको कान असाधारण रुपले बढेको थाहा पाएको बताउँछिन् । एक पशु चिकित्सक अलसेनले कालो रंगको लु नाम गरेको यस कुकुर सुन्दर र लामो कानको हुने बताउँछन् । कुकुर धनी अलसेना कुकुरको लामो कानको कारण कुनै पनि समस्या नभएको बताउँछिन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.