थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार १११३ पिसिआर परीक्षणमा ८९८ र ३ हजार २५५ एन्टिजेन परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ९३८ जना भने कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ९५९ जना पुगेको छ । साथै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १४८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका सक्रिया संक्रमित १८ हजार १९५ जना रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.