शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए 

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.