प्रतिशोध साध्न मुख्यमन्त्रीको कार्यालयमा छापा मारियो : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधका आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको आरोप लागएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भोलिपल्ट जसपाले एक विज्ञप्ति निकाल्दै यस्तो आरोप लगाएका हुन् । 

‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्‍याउन मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको आरोप लगाएको छ । मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मार्नुलाई अख्तियारले आपत्तिजनक र दूराशयपूर्ण भनेको छ ।

जसपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरु प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपा घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.