देशभर ८ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ६५२ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो। आज ३४ मात्रै जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.