नेकपा एसले बुझायो समानुपातिकतर्फका सांसदको नाम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा पठाएको  छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

जसअनुसार प्रदेश नं १ बाट विद्या चाम्लिङ राई सिफारिस भएका छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएका छन् ।

साथै बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम सिफारिस भएको छ भने लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको छ । पार्टीले कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम सिफारिस गरेको छ ।

सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.