थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार १६ सय चार जनाको नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो । 

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा ३३ हजार नौ सय ६७ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.