काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ ।
बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यो सेसनमा कुल नौवटा कम्पनीमा उकालो लागेको छ भने दुईको मूल्य घटेको छ र एक कम्पनी स्थिर रहेको छ ।