प्रतिनिधिसभाभन्दा प्रदेशमा महिला सांसद धेरै

काठमाडौं । प्रतिनिधिसभाभन्दा प्रदेश सभामा महिला सांसदको संख्या धेरै देखिएको छ ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभा भन्दा प्रदेश सभामा महिला सांसदको संख्या धेरै देखिएको हो । 

प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.