काठमाडौंमा माओवादीको जनप्रतिनिधि शून्य

काठमाडौं । काठमाडौंमा नेकपा माओवादी केन्द्रको जनप्रतिनिधि शून्य भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको काठमाडौंमा माओवादीले समानुपातिकतर्फ पनि प्रतिनिधि नपठाउँदा शून्य भएको हो ।

निर्वाचन आयोगले समानुपातिकको सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै देशको संघीय राजधानी काठमाडौंबाट मात्र ५२ जना सांसदले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.