काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संसदीय दलको नेता चयन गर्नेलागयतका विषयमा छलफल गर्न आज नवनिर्वाचित संसदको भेला बोलाएको छ ।
बबरमहलमा बोलाइएको सो भेलामा प्रतिनिधि सभाका लागि संसदीय दलको नेता चयनको विषयमा छलफल हुने बताइएको छ । लोसपाले मधेश प्रदेशको प्रदेश सभा संसदीय दलको नेताको विषयमा पनि छलफल गर्ने बताइएको छ ।
प्रतिनिधि सभामा लोसपाले चार जना सांसद जितेका छन् । महोत्तरी–३ बाट महन्थ ठाकुर, महोत्तरी–२ बाट शरतसिंह भण्डारी, रुपन्देही–४ बाट सर्वेन्द्रनाथ शुक्ला र सर्लाही–१ बाट रामप्रकाश चौधरी जितेका छन् ।