नवनियुक्त प्रधानमन्त्रीले पुस २५ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेको स्रोतले जानकारी दियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको पहिलो बैठक आह्वान गरेकी छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.