फिलिपिन्सको बाढीः १३ जनाको मृत्यु, २३ बेपत्ता

एजेन्सी ।  भारी वर्षा र बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् ।

पीडितमध्ये अधिकांश माझी भएका हुन  सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्रर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् । 

बेपत्ता भएका माझीहरु खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ ।

वेपत्ताको खोजी कार्य भइरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.