काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको स्राेतले जानकारी दियो ।
स्राेतका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्याली निकाल्ने पनि निर्णय गरेको छ ।