सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब नजिक

काठमाडौं। साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो ।

सोमबार नेप्से १७.५६ अंकले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ ।

नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७.२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो ।

सोमबार बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.