सेयर बजारमा झिनो अङ्कको गिरावट

काठमाडौं। नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलब शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलब शून्य छ मा झरेको छ ।

यस्तै, एक सय दुई उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.