कांग्रेस प्रवक्ता महत आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको स्राेतले जानकारी दियो । स्राेतका अनुसार कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.