दूरसञ्चार प्राधिकरणले भन्यो विद्युत प्राधिकरणलाई कारबाही गर

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई कार्वाही गर्न माग गरेका छन् । इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दूरसञ्चारले विद्युत प्राधिकरणलाई कार्वाही गर्न सरकारसँग माग गरेको हो ।

विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित पारेको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवा नै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको उल्लेख गरेको छ ।

पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल भैरहेको अवस्थामा अचानक तार काट्नु गलत भएको र दूरसञ्चार ऐन, २०५३ अनुसार यो दण्डनीय क्रियाकलाप भएको दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.