नवनिर्वाचित सांसदहरूका लागि आज राष्ट्रपति निवासमा चियापान

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमकाे आयाेजना गर्दैछिन्। कार्यक्रम  शनिबार अपराह्न ३ बजे शीतलनिवासमा आयोजना हुने भएको हो।

राष्ट्रपतिकाे कार्यकाल सकिनै लाग्दा नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धनमा किचलाे बन्दै गएकाे छ। निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनाव फागुन २५ गते तय गरेकाे छ। राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.