एजेन्सी । भारतले आफ्नो देश भ्रमण गर्ने सबै वेलायतीले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । वेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका वेलायतीलाई अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम ल्याएको हो ।
वेलायतले कोभिडशिल्डलाई मान्यता नदिएपछि भारतले वेलायतीका लागि नयाँ नियम ल्याउनु परेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि बिभेद गरे बदला लिने चेतावनी दिएका थिए ।
नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण वेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको दिन दोस्रो परीक्षण र आठौं दिन तेस्रो परीक्षण गर्नुपर्नेछ ।