'क्वालिटि इन्टरटेनमेन्ट अवार्ड २०७८' काे बेस्ट मोडलको उपाधि साक्षीको हातमा

काठमाडौं । क्वालिटि इन्टरटेनमेन्ट अवार्ड - २०७८ अन्तर्गत बेस्ट मोडलको उपाधि साक्षी लम्सालले हात पारेकी छिन् ।

‘तिम्रो याद भूलाउन’ नामक गीतको माध्यमबाट साक्षीले बेस्ट मोडलको उपाधि जीत्न सफल भएकी हुन् । संगीतकार तथा गीतकार उमेश रेग्मीको संगीतमा रहेको यस गीतमा गायक शिव परियारले स्वर दिएका छन् ।

साथैे म्यूजिक भिडियो निर्देशन युवराज वाइवाले गरेका हुन् । भिडियोमा साक्षीलाई मोडल नरेश भट्टराइले साथ दिएका छन् ।

क्वालिटि इन्टरटेनमेन्टको आयोजनामा भइरहेको उक्त अवार्ड कार्यक्रम काठमाडौं सम्पन्न भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.