फेरि ११ जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले फेरि ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । केही समय अघि ५ दर्जन बढि जिल्लाका प्रमुख जिल्ला अधिककारीहरुको सरुवा गरेको थियो । गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले शुक्रबार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

मन्त्रायमा रहेका सहसचिव जयनारायण आचार्यलाई कास्कि, कास्कीका थानेश्वर गौतमलाई सात महिना पनि नपुग्दै त्यहाँबाट अन्तै सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुर, गृह मन्त्रालयकै सहसचिव डा. भिष्मकुमार भुसालाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिएको छ ।

यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङ पठाइएको छ । यस्तै महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जिजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको मन्त्रालय स्रोतले बताइएको छ । कतै एक वर्ष वितिसक्दा समेत सरुवा भएको छैन । कतै भने ६ महिना नपुग्दै सरुवा गरिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.