काठमाडौं । भर्खरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजिनामा दिएका नेता राजकुमार लेखीले एमाले प्रवेश गरेका छन् । नेकपा एमालेको गादावरीमा जारी पहिलो विधान सभामा नेता लेखी सहित ५५ जनाले एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा लेखीसँगैका कार्यकताहरु मधेश केन्द्रित नेता छन् । यस्तै केही नेता भन्ने अरु दलबाट प्रवेश भएका छन् ।
विचार र भावना मिल्ने पार्टी रोज्ने क्रममा आफू एमालेमा प्रवेश गरेको लेखीले बताए । पहिले पनि एमालेमै थिए । विचार मिलेका साथीहरु यहि छन् । त्यसै कारण एमाले प्रवेश गरेको हुँ, लेखीले भनेका छन्।