भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बुटवल - रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठकमा भएको सहमतिअनुसार स्ववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको जनाएको छ ।

स्ववियु निर्वाचन चैत ५ गते हुनुपर्नेमा विशेष कारणवश चैत ८ गते सरेको क्याम्पस प्रमुख अनिल कुमार झाले बताए । केही दिनअघि भएको विवादमा क्याम्पसमा विद्यार्थी सङ्गठनहरूबाट तालाबन्दी गरिएको थियो । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.