आईताबार थप ६७९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण गर्दा ६७९ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या १४०५ जना रहेको छ ।

आज कोरोना संक्रमित हुनेभन्दा दोब्बर बढी निको हुनेको संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।


यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.