दशैँतिहारको विदामा पनि विद्यालय सञ्चालन हुने

तेह्रथुम । तेह्रथुम मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले बताए ।

मेन्छ्यायेम गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.