मक्का जाँदै गरेको बस दुर्घटना हुँदा २० जनाको मृत्यु

रियाद - साउदी अरेबियाको मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका साउदीको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । सो बसमा साउदी अरबका साथै अन्य देशका नागरिक सवार थिए।

सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिण-पश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा पुलमा ठोक्किएर बस पल्टिएको हो । त्यसपछि बसमा आगो लागेको थियो । न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताएको छ ।- बीबीसी

© 2021 Quicknepal.com  |  All Rights Reserved.