इनारमा खसेर १३ जनाको मृत्यु

काठमाडौं‌ -  भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

२५ जना मन्दिरको आँगनमा पुरानो इनारमा खसेका थिए । त्यसमध्ये ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको थियो ।  हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.