आज मुलुकका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ । जसकारण प्रदेश २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

सोमबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.