ट्विटरको लोगो परिवर्तन: निलो चराको स्थानमा अब कुकुर

न्युयोर्क– सोसल ब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ। उसले निलो चराको स्थानमा कुकुरलाई आफ्नो लोगो बनाएको छ। ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए।  उनले त्यो कुरा मंगलबार पुरा गरेको मिडियाहरूले बताएका छन्। उनले ट्विटमार्फत् भनेका पनि छन्, ‘मैले आफ्नो वचन पुरा गरेको छु।’

मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए। यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन्। सर्वप्रथम उनले निलो टिकको लागि शुल्क लिने घोषणा गरेका थिए। उनले कर्मचारी कटौती पनि गरेका थिए, जसमा सीईओ भारतीय मूलका पराग अग्रवाल पनि समावेश थिए। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.