काठमाडौँ – आइएमईले दसैँलाई लक्षित गरेर ल्याएको ‘डबलको डबलको डबल’ अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । कम्पनीले ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका हुन् ।
उनीहरुले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए।
अफर अनुसार आइएमईले उनीहरु वा निजको सिफारिसमा उनीहरुका निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्ने कम्पनीले जानकरी दिएको छ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबलको डबल अफर असोज १ देखि कात्तिक २६ सम्म लागु हुनेछ।