भारतमा छुट्टै राज्यको माग गर्दै आएका अमृतपालका साथि पञ्जाबबाट पक्राउ

काठमाडौं - भारतमा ‘खालिस्तान’ राज्यको छुट्टै माग गर्दै अभियान चलाएको आरोपमा प्रहरीले खोजी गरिरहेका अमृतपाल सिंहका साथि पापलप्रित सिंह पञ्जाबबाट पक्राउ परेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिंहलाई पञ्जाबको होशियारपुरबाट प्रहरीले पक्राउ गरेको हो । भारतीय पत्रिका 'द हिन्दुको अनलाइन' संस्करणमा प्रकाशित समाचाका अनुसार सिंहलाई पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई अमृतसर ग्रामीण प्रहरीको हिरासतमा राखिएको जनाइएको छ ।

पापलप्रितविरुद्ध गत १३ फागुनमा भएको अजनाला हिंसाको मुद्दामा समेत एफआईआर दर्ता भएको थियो । भारतले खालिस्तान अभियानका मुख्य व्यक्ति अमृतपाल सिंह नेपालमा रहेको आशंकामा सर्तक रहन आग्रह गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.