भारतमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

काठमाडौं- भारतको बिहारमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको ज्यान गएको छ। गम्भीर बिरामी परेका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

प्रहरीले विषाक्त मदिरा बेच्ने ठाउँमा छापा मार्ने क्रममा हालसम्म १०८ जनालाई पक्राउ गरेको छ भने ६ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ। नियन्त्रणमा लिएका मध्ये एक जनाले  पनि मदिरा सेवन गरेको र उपचारकै क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। यसैबीच बिहारका मुख्यमन्त्री नितिशकुमारले पीडित परिवारलाई ४ हजार ८८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.