काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो।
लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ हजार ८ सय १९ रुपैयाँमा कारोबार भएको छ।यस्तै सोही अवधिमा नन् लाइफ इन्स्योरेन्स ०.०६ अंक, म्युचल फण्ड ० अंक र इन्भेष्टमेन्ट उपसमूह ०.०१ अंकले घटेकाका छन् भने अन्य उपसमूहहरु बढेका छन्।
बैंकिङ ३.९ अंक, ट्रेडिङ ३.९९ अंक, होटल एउण्ड टुरिजम २७.४४ अंक, डेभलपमेन्ट बैंक ९.९ अंक, हाइड्रो पावर ७.१२ अंक, फाइनान्स २४.१४ अंक, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ४६.८२ अंक, अन्य १५.०१ अंक, माइक्रोफाइनान्स् ६२.९ अंक, लाइफ इन्स्योरेन्स ६७.४४ अकंले उपसमुहहरु बढेको थियो।
केहीबेर सेयर बजार बढे पनि १२ बजेर ७ मिनेटमा १६.२१ अंकले घटेको छ।