परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ - परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत  डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 

भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।  

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.