मङराउ खोलामा ८ वर्षीया बालिका मृत अवस्थामा

बैतडी- बैतडीमा एक बालिका मृत फेला परेकी छिन् । पाटन नगरपालिका –४ पलेटाकी ८ वर्षिया ललिता चन्द मृत फेला परेको प्रहरीले जनाएको हो।

सोमबार दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी हुन् ।उनको मृत्युको कारण खुलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.