चितवन-२ मा रविको अग्रता कायमै

चितवन - चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् । 

इच्छाकामना गाउपालिकाकोे १ देखि ६ सम्मका वडाको मत गन्दा लामिछाने ३६०२ मतसहित अग्रस्थानमा छन् । त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले २०८२ मत पाउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले १४४९ मत प्राप्त गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.