पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती आक्रमण हुँदा १२ प्रहरीको मृत्यु

एजेन्सी-  पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भयो । प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भयो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् ।

घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।

गृहमन्त्री राणाले आक्रमणको प्रतिवेदन मागे

स्वातको काउन्टर टेररिज्म प्रहरी चौकीमा भएको आक्रमणपछि प्रधानमन्त्री शाहबाज सरिफलगायत देशका शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् । गृहमन्त्री राणा सनाउल्लाहले देशको सुरक्षामा आफ्नो ज्यान गुमाउने प्रहरी अधिकारीको योगदानलाई सदैव सम्झने बताए । उनले समग्रमा प्रतिवेदन माग गरेका छन् ।

यस्तै, पाकिस्तानी वेबसाइट ‘डन’ को अनुसार, सन् २०२३ को पहिलो ३ महिनामा खैबर पख्तुनख्वामा आतङ्कवादी हमलामा १२५ प्रहरीको मृत्यु भएको छ । जबकि २१२ जना गम्भीर घाइते भएका छन् । आर्थिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको मुलुकमा ९० दिनमा २५ वटा आक्रमण भइसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.