गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

गुल्मी– गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। दुर्घटनामा सहचालक १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु छ। जिल्लाको मालिका गाउँपालिका– २ दर्लिङ्गबाट बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो। 

सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन्। केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.