वीरेन्द्रनगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
नगर असपतालले सामाजिक विकास मन्त्रालय र चौधरी ग्रुपको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट जडान
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । कोरोना महामारी तथा अन्य रोगका बिरामीलाई लक्षित गरेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएकाे हो । 

नगर असपतालले सामाजिक विकास मन्त्रालय र चौधरी ग्रुपको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरेको हो । अस्पतालबाट अक्सिजन प्लान्ट जडान गरेर परीक्षण उत्पादनसमेत भइसकेको नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।

‘चौबिस घण्टामा एक सय ५० देखि एक सय ७० थान सिलिन्डर भर्न सकिन्छ ,’ उनले भने, ‘अब अक्सिजन अभावको समस्या रहँदैन, यहाँबाट फ्युलिङ गरेर अन्य जिल्लामा पठाउन सहज हुनेछ ।’

अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि श्वासप्रश्वासमा समस्या देखिएका गम्भीर प्रकृतिका बिरामीको उपचारमा गर्न सकिने नगर प्रमुख सुवेदीले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.