नेपाल बेस्ट म्युजिक अवार्ड २०२१ चन्द्रागिरिमा शुरु

काठमाडौं । नेपाल बेस्ट म्युजिक अवार्ड २०२१ बाट विभिन्न स्रस्टालाई सम्मान गरिएको छ ।

सोमबार बेस्ट भिडियो डिरेक्टरबाट  विधान कार्की र बेस्ट भिडियो च्वाइसबाट सन्तोस राज पाठक, बेस्ट भिडियो इडिटरबाट ध्रुवराज पराजुली सम्मानित भएका छन् । 

त्यसैगरी न्यु फेस फिमेल सिंगर अवार्ड अस्मिता परियारले प्राप्त गरेकी छिन् भने न्यू फेस मेल सिंगर अवार्ड दुर्गा बिसीले प्राप्त गरेका छन् । यस वर्षको न्यू एक्टर पुरुषतर्फ  डिमन क्षत्री र महिलातर्फ प्रची लामाले प्राप्त गरेका छन् । अवार्ड समारोह चन्द्रागिरिमा जारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.