काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन
क्विक नेपाल
२०८० बैशाख २०,बुधवार ०९ : ३४ AM
1.8k
Shares
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।
बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।