श्रीलंकासँग नेपाल ३-२ ले विजयी

काठमाडौं । साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल सोमबार श्रीलंकासँग ३-२ गोल अन्तरमा विजयी भएको छ ।  माल्दिभ्सको मालेमा भएको खेलको ३३औं मिनेटमा सुमन लामाले नेपालका लागि पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले ५१औं मिनेटमा दोस्रो गोल गर्‍यो। नेपालका लागि आयुष घलानको पासमा अञ्जन विष्टले ट्याप इनमार्फत् दोस्रो गोल गरेका थिए ।

श्रीलंकाका लागि मार्भिन हामिल्टनले गोल गरेका थिए । निर्धारित समयभन्दा चार मिनेट अघि नेपालका लागि आयुषले गोल गरेपछी नेपाल नेपाल ३-१ मा विजयी भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.