अनियन्त्रित ट्रक घरमा ठोक्किदा ८ जना घाइते

तनहुँ - तनहुँमा  ट्रक अनियन्त्रित भएर घरमा ठोक्किन पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर सडक छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोकिन पुगेको हो । 

दुर्घटनामा घाइते हुनेमा स्थानीय आयुस भुजेल, आयुसा भुजेल, चेत बहादुर घर्ती, सनबहादुर भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन् । 

घाइतेहरु पैदल यात्रीहरू र सोही घरका मानिसहरू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूलाई हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.