अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन
मायोजनपछिको अपि पावरको मूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम
काठमाडौं । अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना जारी गर्दै अपि पावरको १०.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको जनाएकाे छ । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयरमा  मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

समायोजनपछिको अपि पावरको मूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ५२९ रुपैयाँका आधारमा समायोजन गरिएको हो । 
 
यस्तै, ङादी ग्रुप पावरको समायोजनपछिको भाउ ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ९६९ रुपैयाँका आधारमा समायोजन गरिएको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.