आज राति अमेरिकन डिभीको रिजल्ट आउँदै

काठमाडौँ - अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार  मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.