आज कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं । आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित वर्षा हुने सम्भावना भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बदली छ। गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.